कृषाको ‘पारस’ मा जसिता अनुबन्धित

हिमाल प्रेस ११ माघ २०८२ १५:४८ | Sunday, January 25, 2026
10
SHARES
कृषाको ‘पारस’ मा जसिता अनुबन्धित

काठमाडौँ- निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘पारस’ मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। जसिताबीच औपचारिक सम्झौता भएको निर्देशक चौलागाईंले बताइन्।

एक्सन तथा सामाजिक कथामा बन्ने भनिएको फिल्ममा अन्य कलाकारबारे निर्माण टिमले जानकारी दिएको छैन।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। यस फिल्म चर्चित छायांकार पुरुषोत्तम प्रधानले खिच्नेछन्।

यसअघि कृषाले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन्।

प्रकाशित: ११ माघ २०८२ १५:४८ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast