लुम्बिनीमा राष्ट्रियसभाका लागि मतदान सकियाे, पाँच प्रदेशसभा सदस्य अनुपस्थित

हिमाल प्रेस ११ माघ २०८२ १५:५० | Sunday, January 25, 2026
22
SHARES
लुम्बिनीमा राष्ट्रियसभाका लागि मतदान सकियाे, पाँच प्रदेशसभा सदस्य अनुपस्थित

बटवल- राष्ट्रियसभा सदस्य निर्वाचनको लागि लुम्बिनी प्रदेशको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सम्पन्न भएकाे छ। रिक्त ३ पदका लागि भएकाे निर्वाचन दिउँसो ३ बजे सकिएकाे प्रदेश निर्वाचन कार्यालय दाङले जनाएकाे छ।

प्रदेशसभा सदस्यतर्फ महिला ३० र पुरुष ४८ जम्मा गरी जम्मा ७८ जनाले मात्र मतदान गरे। मतदानमा पाँच सांसद अनुपस्थित रहे भने चार सांसदले राजीनामा दिएका छन्।

यस्तै स्थानीय तह सदस्यतर्फ महिला ८५ र पुरुष १२३ कुल २०८ जनाले मतदान गरेका छन्।

प्रदेश सभा सदस्य र स्थानिय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष गरी हालसम्म २७९ जनाले मतदान गर्नुभएको छ । मतदानका लागी दिउँसो तिन बजेसम्म समय निर्धारण गरिएको छ ।प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिन पदका लागी आठ जनाले निर्वाचनमा भाग भाग लिएका छन् ।

काे काे आएनन्?

राप्रपाले राष्ट्रियसभा बहिष्कार गरेकाे छ। राप्रपाका तर्फबाट उपसभामुख माेनिका खाँण सहित प्रदेसभाका तीन गरी चार जनाले मतदान गरेनन्। यस्तै कांग्रेसका सांसद अनुराग खडका अनुपस्थित भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ।

यस्तै राप्रपाका रामग्रामका उपप्रमुख सुनिता चाैधरी, शिवनगर नगरपालिकामा प्रमुख अजय थापा र राेहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ति हरिजनले मतदान नगरेकाे कार्यालयको भनाइ छ।

प्रकाशित: ११ माघ २०८२ १५:५० | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast