नेपाली कांग्रेसका सभापति गगनकुमार थापा
काठमाडौँ- नेपाली कांग्रेसले मधेश प्रदेशबाट चुनावी सभा थाल्ने भएको छ। पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको भाबी उम्मेदवार बनाएको कांग्रेसले उनी लडेको मधेश प्रदेशबाट चुनावी सभा सुरु गर्दैछ।
कांग्रेसका प्रदेश सभापति कृष्ण यादवका अनुसार पार्टीले यही माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने भएको हो।
कांग्रेस सभापति बनेपछि गगन थापा पहिलोपटक मधेसको सर्लाही ४ बाट चुनाव लड्दै छन्।
गत पुस ३० गते काठमाडौँमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति घोषणा गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।
प्रकाशित: १० माघ २०८२ १३:१२ | Saturday, January 24, 2026
प्रतिक्रिया





