सर्लाहीबाट गगन उम्मेदवार बनेपछि कांग्रेसको प्राथमिकतामा मधेश

हिमाल प्रेस १० माघ २०८२ १३:१२
16
SHARES
सर्लाहीबाट गगन उम्मेदवार बनेपछि कांग्रेसको प्राथमिकतामा मधेश नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसले मधेश प्रदेशबाट चुनावी सभा थाल्ने भएको छ। पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको भाबी उम्मेदवार बनाएको कांग्रेसले उनी लडेको मधेश प्रदेशबाट चुनावी सभा सुरु गर्दैछ।

कांग्रेसका प्रदेश सभापति कृष्ण यादवका अनुसार पार्टीले यही माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने भएको हो।

कांग्रेस सभापति बनेपछि गगन थापा पहिलोपटक मधेसको सर्लाही ४ बाट चुनाव लड्दै छन्।

गत पुस ३० गते काठमाडौँमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति घोषणा गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

 

प्रकाशित: १० माघ २०८२ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast