बुटवल- रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ की राप्रपा उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्।
कसैले विरोध र उजुरी नगरे पनि पार्टीले भनेपछि उम्मेदवारी फिर्ता लिएको उनले बताइन्।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिनु पर्नेमा त्यो अवधि नपुग्दै उम्मेदवारी दिएको हुँदा फिर्ता लिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निर्वाचनका लागि मनोनयन पाउनु आफ्नो लागि ठूलो सम्मान भएको उनले उल्लेख गरेकी छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार थापा विगत १४ वर्षदेखि विदेशमा शिक्षा अध्ययन तथा सीप आर्जनमा संलग्न रहँदै आएकी थिइन्।

प्रकाशित: ९ माघ २०८२ १३:४२ | Friday, January 23, 2026
प्रतिक्रिया





