काठमाडौँ- नेपालस्थित जापानी दूतावासले काठमाडौँ र पोखरामा जापानी फिल्म महोत्सव आयोजना गरेको छ। महोत्सव जापान फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरिएको हो।
काठमाडौँमा जनवरी २३ र २३ अर्थात् आज र भोलि हुनेछ। महोत्सव जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएकाे छ। महोत्सवमा ५ वटा जापानी फिल्म प्रदर्शन गरिने छ।
त्यस्तै, पोखरामा १३ र १४ फेब्रुअरीमा हुनेछ। पोखराको गैरा पाटनस्थित पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजमा हुनेछ। उक्त महोत्सवमा पनि ५ फिल्म देखाइनेछ।
महोत्सवमा प्रवेश निःशुल्क गरिएकाे छ। दूतावासले नेपालका मैत्रीपूर्ण जनतालाई जापान र यसको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँ र पोखरामा वर्षेनी जापानीज फिल्म महोत्सव आयोजना गर्दै आएको छ।
प्रकाशित: ९ माघ २०८२ ११:०७
प्रतिक्रिया




