माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

हिमाल प्रेस ८ माघ २०७९ १७:३० | Sunday, January 22, 2023
माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत आन्तरिक विषयमा छलफल गर्न माघ १२ गते बैठक बस्न लागेको हो। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ।

उक्त बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भूमिका वाम एकतालगायतको विषयमा छलफल हुनेछ। बैठकले केन्द्रीय बैठकका एजेन्डाहरू पनि तय गर्ने बताइएको छ।

सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेले लिने सहमति भइसकेको छ। तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: ८ माघ २०७९ १७:३० | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast