उम्मेदवार सम्पर्कविहीन बनेपछि मनाङमा रास्वपाले दिएन उम्मेदवारी

हिमाल प्रेस ७ माघ २०८२ ७:२३ | Wednesday, January 21, 2026
14
SHARES
उम्मेदवार सम्पर्कविहीन बनेपछि मनाङमा रास्वपाले दिएन उम्मेदवारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। रास्वपाबाट यसपटक मनाङमा उम्मेदवारी परेन।

रास्वपाले मनाङबाट अनील गुरूङलाई टिकट दिएको थियो। तर उनले अन्तिममा उम्मेदवारी नै दिएनन्। रास्वपा केन्द्रीय नेताहरूले दिएको जानकारी अनुसार उनी टिकट लिएर सम्पर्कविहीन भएका थिए।

मनाङका प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलले रास्वपाबाट उम्मेदवारी दर्ता गर्न कोही नआएको जानकारी दिए। उनका अनुसार मनाङमा ५ वटा राजनीतिक दलबाट टिकट पाएका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित: ७ माघ २०८२ ७:२३ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast