काठमाडौँ- अभिनेत्री निशा अधिकारीले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गरेकी छन्। उनले मंगलबार गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
मनोनयन दर्तासँगै उनले आगामी दश वर्ष देशको सेवा र राजनीतिमा समर्पित गर्ने योजना बनाएको बताएकी छन्। उनी यही क्षेत्रकी स्थानिय बासिन्दा हुन्।
उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसको तर्फबाट महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल र रास्वपाका सस्मित पोखरेल उम्मेदवार छन्।
प्रकाशित: ६ माघ २०८२ १७:५४
प्रतिक्रिया



