प्रेम सुवाल। फाइल तस्बिर
भक्तपुर– भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवालले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अुनसार दिउँसो २ बजेसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यो नेपाल मजदुर किसान पार्टीको पकडको क्षेत्र हो। भक्तपुर १ मा २०४८ यता अरू दलले चुनाव जितेको छैन। कार्यालयका अनुसार राष्टिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, नेपाली कांग्रेसबाट किरण न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम लवजू, नेकपा एमालेबाट नवराज गेलाललगायतले उम्मेदवारी दिएका छन्।
प्रेम सुवाल तेस्रो पटक उम्मेदवार बनेका हुन्। २०७९ र २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका सुवाल संविधानसभामा समानुपातिक सांसद थिए।
भक्तपुरमा २०४८, २०५१, २०५६, २०६४ र २०७० मा अध्यक्ष नारायणमान बिजुक्छेले निरन्तर चुनाव जितेका थिए। २०७४ सालमा बिजुक्छेले पार्टीमा अरू नेतालाई अवसर दिने भन्दै विश्राम लिएपछि नेमकिपाकै सुवाल निर्वाचित भएका थिए। भक्तपुर–१ निर्वाचन क्षेत्रअन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छन्।



