४२ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

हिमाल प्रेस ६ माघ २०८२ १५:४३ | Tuesday, January 20, 2026
4
SHARES
४२ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ।

आज नेप्से परिसूचक ४२ दशमलव २६ अंकले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो। यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो।

आज ३३९ कम्पनीको दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर एक लाख १५ हजार १८१ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैकिङ एक दशमलव २४, विकास बैंक एक दशमलव ४५, वित्त शून्य दशमलव ९७, होटल तथा पर्यटन तीन दशमलव ३६, जलविद्युत् एक दशमलव ७७ र लगानी समूह दुई दशमलव ५४ प्रतिशतले बढेको छ।

त्यस्तै, जीवन बीमा एक दशमलव ८६, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ५४, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बीमा एक दशमलव ६५, व्यापार शून्य दशमलव ३७ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेको छ।

आजको कारोबारमा गुर्खाज फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एसबिएल डिबेञ्चर २०८९ को सेयर मूल्य चार दशमलव २३ प्रतिशतले घटेको छ।

प्रकाशित: ६ माघ २०८२ १५:४३ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast