रुकुमपूर्व-१ मा प्रचण्डको उम्मेदवारी दर्ता

हिमाल प्रेस ६ माघ २०८२ १४:५८ | Tuesday, January 20, 2026
10
SHARES
रुकुमपूर्व-१ मा प्रचण्डको उम्मेदवारी दर्ता

रुकुमपूर्व- नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन्।

आसन्न प्रतिनिधसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले माओवादी सशस्त्र युद्धको आधार इलाकाका रुपमा रहेको रुकुमको समग्र विकास निर्माणलाई आफूले पहिलो प्राथमिकता दिने बताए।

उनले भने,‘रुकुम जनयुद्धको आधार इलाका हो, यसपटक निर्वाचनमा आएँ। रुकुमको विकासलाई पहिलो प्राथमिकता दिन्छु।’

प्रकाशित: ६ माघ २०८२ १४:५८ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast