रुपन्देही-२ मा नेकपा उम्मेदवार पाण्डेले गरे मनाेनयन दर्ता

हिमाल प्रेस ६ माघ २०८२ १४:०८ | Tuesday, January 20, 2026
62
SHARES
रुपन्देही-२ मा नेकपा उम्मेदवार पाण्डेले गरे मनाेनयन दर्ता

बुटवल- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्। निर्वाचन क्षेत्र २ काे कार्यालय बुटवल देवीनगरमा दिउँसाे पौने २ बजे मनाेनयन दर्ता भएकाे निर्वाचन कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले बताए।

पाण्डेकाे प्रस्तावकमा नारायण जिसी ‘निर्मल’ काे प्रस्तावक र ऋज्जु श्रेष्ठ समर्थक रहेर मनाेनयन दर्ता गरिएकाे हाे। रूपन्देही सैनामैना निवासि पाण्डे युवा नेताका रूपमा परिचित छन्। यसअघि यही क्षेत्रबाट एमाले उपाध्यक्ष विष्णु पाैडेलसँग निर्वाचन लडेका स्व. भक्ति पाण्डेका छाेरा हुन् विश्वदीप।

उम्मेदवार पाण्डेले सुशासन, सामाजिक न्याय र संविधानको सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

‘म कुनै सपना देखाउन उम्मेदवार हुँदैछैन,’ उनले भने, ‘देशको परिवर्तन र जनताको आकांक्षा पूरा गर्न आएको हुँ।’ उनले निर्वाचन सबैको एकताले जित्ने बताउँदै सबैको सहयोगको अपेक्षा गरे।

मनाेनयन दर्तामा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू र्‍यालीसहित निर्वाचन कार्यालय पुगेका थिए।

प्रकाशित: ६ माघ २०८२ १४:०८ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast