काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन्।
उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन्। लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए।
झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगातार चुनाव जित्दै आएको क्षेत्र हो। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा पनि ओलीले उक्त क्षेत्रबाट उम्मेदवारी दिँदैछन्।
प्रकाशित: ५ माघ २०८२ १६:५४
प्रतिक्रिया



