‘देउवाका खम्बा’ एमाले भित्रिए

हिमाल प्रेस ५ माघ २०८२ ११:३७
80
SHARES
‘देउवाका खम्बा’ एमाले भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले कांग्रेस परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका छन्।

कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाका निकट मानिने हुसेनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।

लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्यागेर एमाले प्रवेश गरेको बताए।

सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै अन्सारीले जीवनको ऊर्जाशील समय कांग्रेसमै खर्चिएको उल्लेख गर्दै राजनीतिका अनेक उतारचढाव कांग्रेसमै रहेर पार गरेको बताए। तर पछिल्लो समय कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सिदै गएको अनुभूति भएको भन्दै ठूलो दुःख र भारी मनका साथ पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ।

सुनसरीमा आफूहरूले सधैँ बाहिरबाट आउने आगन्तुकलाई नेता मान्ने प्रवृत्ति हावी रहेको र स्थानीय योगदानको उचित मूल्यांकन कहिल्यै नभएको गुनासो पनि अन्सारीले गरे। यही कारण आगामी निर्वाचनमा नेकपा एमालेमा प्रवेश गरी सुनसरी निर्वाचन क्षेत्र नम्बर-४ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

अन्सारीले नेकपा एमालेले आफूलाई सम्मानसाथ पार्टी प्रवेश गराई विश्वास व्यक्त गरेको भन्दै एमालेको भरोसा र जनताको आशा कहिल्यै मर्न नदिने प्रतिबद्धता जनाए। उनले सधैँ एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सपना साकार पार्न क्रियाशील रहने संकल्पसमेत व्यक्त गरेका छन्।

प्रकाशित: ५ माघ २०८२ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast