गगन थापाको सन्देश : विवाद भए पनि पार्टी एक ढिक्का छ, कसैलाई चित्त नबुझे पनि रूख आधिकारिक हो

हिमाल प्रेस ५ माघ २०८२ ९:०५
24
SHARES
गगन थापाको सन्देश : विवाद भए पनि पार्टी एक ढिक्का छ, कसैलाई चित्त नबुझे पनि रूख आधिकारिक हो गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै एक ढिक्का भएर चुनावमा होमिनेमा ढुक्क रहेको बताएका छन्। उनले पार्टीमा उत्पन्न मदभेदबीच एकढिक्का भएर चुनावमा साथ सहयोग गर्न नेता र कार्यकर्तालाई अपिल गरेका छन्।

सभापति थापाले उम्मेदवार छनोटबारे जानकारी दिन सोमबार सार्वजनिक गरेको भिडियो सन्देशमा रूख चिह्न लिएर चुनावमा आउने उम्मेदवारलाई एकढिक्का भएर सहयोग गर्न अपिल गरेका हुन् ।

‘कतिपय कुरामा आफूलाई चित्त नबुझ्ला, तर नबुझेता पनि जो साथी पार्टीको तर्फबाट रूख चिह्नको आधिकारिकता लिएर आउनुहुन्छ त्यो साथीको पक्षमा सबै जना एकढिक्का भएर मनमा कुनै पनि कुरा नराखिकन यो एउटा अभियान हो यो अभियानमा सबै जुट्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अपिल गर्न चाहन्छु’, उनले भने ।

उनले उम्मेदवार छनोटमा सकेसम्म राम्रो गर्ने प्रयास भइरहेको जानकारी दिए । चुनावका लागि अगाडि नै उम्मेदवा सिफारिस भएर आइसकेको र समयको चाप बढी भएका कारण केही असहज भए पनि उम्मेदवार छनोटलाई सकभर राम्रो बनाउने प्रयास रहेको उनको भनाइ छ ।

प्रकाशित: ५ माघ २०८२ ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast