गोकुल बास्कोटाले पाएनन् टिकट, काभ्रे २ बाट अशोक ब्याञ्जु उम्मेदवार

हिमाल प्रेस ५ माघ २०८२ ६:५७ | Monday, January 19, 2026
34
SHARES
गोकुल बास्कोटाले पाएनन् टिकट, काभ्रे २ बाट अशोक ब्याञ्जु उम्मेदवार

काठमाडौँ- नेकपा एमालेले काभ्रे–२ मा गोकुल बास्कोटालाई उम्मेदवार नबनाउने भएको छ। उक्त क्षेत्रमा उम्मेदवार टुंग्याउँदै एमालेले धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई टिकट दिएको हो।

काभ्रे–२ बाट यसअघि गोकुल बास्कोटाले चुनाव जित्दै आएका थिए। अघिल्लो निर्वाचनमा प्रतिकूल समयमा पनि बास्कोटाले चुनाव जितेका थिए। यसपटक उनको नाम निर्वाचन क्षेत्र र जिल्लाबाट एकल सिफारिस भए पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट नदिएका हुन्।

ब्याञ्जु दुई पटक धुलिखेल नगरपालिकाको मेयर निर्वाचित भइसकेका छन्। गत शनिबार बसेको सचिवालय बैठकले काभ्रे–२ को उम्मेदवार टुंग्याउने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो। ओलीले ब्याञ्जु रोजेका हुन्। काभ्रे १ मा अमित लामालाई एमालेले उम्मेदवार बनाएको छ।

प्रकाशित: ५ माघ २०८२ ६:५७ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast