हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाल प्रेस ५ माघ २०८२ ६:२६
10
SHARES
हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना फाइल तस्बिर

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। साथै तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहेको छ।

आज तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित: ५ माघ २०८२ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast