कांग्रेस महामन्त्रीद्वय पौडेल र घिमिरेको पद खारेज गर्न माग

हिमाल प्रेस ४ माघ २०८२ १७:४० | Sunday, January 18, 2026
62
SHARES
कांग्रेस महामन्त्रीद्वय पौडेल र घिमिरेको पद खारेज गर्न माग गुरु घिमिरे र प्रदीप पौडेल।

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका महामन्त्रीहरूको पद खारेज गर्न माग गर्दै केही युवाहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन्।

पार्टीको १४ औँ महाधिवेशनमा पराजित भएका व्यक्तिहरू प्रदीप पौडेल र गुरुराज घिमिरे विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको भन्दै उनीहरूको पद खारेज गर्न माग गरेर आयोगमा उजुरी परेको हो।

उजुरीकर्ता राजकुमार डाँगीले १४ औँ महाधिवेशनमा पराजित भएका व्यक्ति १५ औँ महाधिवेशनअघि विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था पार्टीको विधानमा रहेकाले महमन्त्रीद्वय पौडेल र घिमिरेको पद खारेज गर्नुपर्ने उनले बताए।

पौडेल र घिमिरे १४औँ महाधिवेशनमा क्रमश: महामन्त्री र कोशी प्रदेश सभापतिमा पराजित भएको उनको भनाइ छ। उनले पार्टीको निर्धारित व्यवस्थाको उल्लंघन भएकाले दुवैको पद खारेज गर्न माग गरिएको जानकारी दिए।

प्रकाशित: ४ माघ २०८२ १७:४० | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast