हलमा प्रदर्शनरत पाँच विदेशी फिल्मः कुनले कति कमायाे?

हिमाल प्रेस ४ माघ २०८२ १६:१८ | Sunday, January 18, 2026
18
SHARES
हलमा प्रदर्शनरत पाँच विदेशी फिल्मः कुनले कति कमायाे?

काठमाडौँ- चलचित्र विकास बोर्डले हलमा चलिरहेको पाँच फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको छ। जसमा  ‘धुरन्धर’, ‘अवतार’, ‘द राजा साब’, ‘द हाउसमेड’ र ‘द स्पन्जबब मुभी’ रहेकाे छ।

बाेर्डकाे सिनेपा बक्स अफिसअन्तर्गत माघ ३ गते शनिबारसम्म कुन फिल्मले कति कमायाे त? हेरौं,

‘धुरन्धर’ ले अहिलेसम्म नेपालमा १० करोड ३७ लाख ४६ लाख पाँच सय पाँच रुपैयाँ कमाएको छ। जसअनुसार फिल्मको ३ लाख १५ हजार ३ सय ७१ टिकट बिक्री भएको विवरणमा उल्लेख छ। फिल्म गत मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ।

फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।

‘अवतारः फायर एन्ड एस’ ले ६ करोड ५० लाख ७४ हजार ६ सय ८८ रुपैयाँ कलेक्सन गरेको छ। फिल्मको अहिलेसम्म १ लाख ५९ हजार १ सय टिकट बिक्री भएको छ। फिल्म पुस ४ देखि हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारले अभिनय गरेका छन्।। फिल्म हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन भइरहेको छ।

‘द राजा साब’ ले माघ ३ सम्म १ करोड ६२ लाख ६४ हजार ५ सय ६२ रुपैयाँ कमाएको छ। फिल्मको अहिलृेसम्म ५० हजार ४ सय २४ वटा टिकट बिक्री भएको छ। फिल्म गत पुस २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर, थ्रिलर र कमेडी जनरामा बनेको फिल्मका लेखक र निर्देशक मारूति हुन्। फिल्ममा प्रभास, सञ्जय दत्त, माल्विका मोहनन, निधि अग्रवाल, रिद्धि कुमारलगायत कलाकारले अभिनय गरेका छन्।

‘द हाउसमेड’ले ७ लाख १२ हजार ९ सय २८ रुपैयाँ कमाएको छ। फिल्मको माघ ३ सम्म १० लाख ५० हजार ८ सय ७३ रुपैयाँ कलेक्सन गरेको छ। जसअनुसार फिल्मको २३ सय ५३ वटा टिकट बिक्री भएको छ। फिल्म गत पुस १७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर जनरामा बनेको फिल्म पाँल फिगले निर्देशन गरेका हुन्। फिल्ममा सिड्नी स्वीनी, अमान्डा सेफ्राइड, ब्रान्डन स्क्लेनर, मिशेल मोरोनलगायत कलाकारले अभिनय गरेका छन्।

‘द स्पन्जबब मुभी’ ले ७ लाख १२ हजार ९ सय २८ रुपैयाँ कलेक्सन गरेको छ। फिल्मको १६ सय ६० टिकट बिक्री भएको सिनेपा बक्स अफिसमा उल्लेख छ। फिल्म गत पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। एनिमेटेड, एड्भेन्चर र कमेडी जनरामा बनेको फिल्म ‘स्पन्जबब स्क्वायरप्यान्ट्स’ नामक टिभी श्रृंखलामा आधारित छ। डेरेक ड्राइमनले निर्देशन गरेको फिल्ममा क्ल्यान्सी ब्राउन, मार्क ह्यामिल, टम केनीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ४ माघ २०८२ १६:१८ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast