रविन र दिनेशले ल्याए र्‍याप गीत ‘आक्रमण’

हिमाल प्रेस ४ माघ २०८२ १३:५९ | Sunday, January 18, 2026
48
SHARES
रविन र दिनेशले ल्याए र्‍याप गीत ‘आक्रमण’

काठमाडौँ- रविन बोगटीको निर्देशन तथा अभिनयमा र्‍याप गीतकाे म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक भएको छ। भिडियो ब्रेक स्टेसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीत दिनेश साउद (द इन्ड) को स्वर, शब्द र संगीतमा बनेको छ। भिडियोमा समाजमा रहेका नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने गलत मनसाय भएका व्यक्तिहरूको चित्रण गरिएको छ।

भिडियोमा रविन बोगटी, विकास खनाल, प्रभाकर न्यौपाने, कुँवर सेन्डी, विकास थापा, लाल बहादुर रावत लगायत कलाकारले अभिनय गरेका छन्। गीतमा नारशी क्रियसनको प्रस्तुति र मिडिया पोर्टको सहकार्य छ।

रविनको यो डेब्यु निर्देशकीय म्युजिक भिडियो हो। यसअघि उनले फिल्म ‘रंगेली’मा अभिनय गरेका थिए। त्यस्तै वेब सिरिज ‘डियर लभ’ को लेखक तथा अभिनेता भएर काम गरेका थिए।

प्रकाशित: ४ माघ २०८२ १३:५९ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast