प्राविधिक कारण देखाउँदै ‘बिगुल’ टिमले रोक्यो प्रदर्शन मिति

हिमाल प्रेस ४ माघ २०८२ १२:०६ | Sunday, January 18, 2026
24
SHARES
प्राविधिक कारण देखाउँदै ‘बिगुल’ टिमले रोक्यो प्रदर्शन मिति

काठमाडौँ- फिख्म ‘बिगुल’ माघ ९ मा प्रदर्शन नहुने भएको छ। प्राविधिक कारण देखाउँदै फिल्मका निर्माता निर्माता दिनेश कोइरालाले प्रदर्शन स्थगित गरिएको बताएका छन्।

यसर्थ फिल्म ‘बिगुल’को प्रदर्शन मिति अन्योलमा परेको छ। निर्माता कोइरालाले केही दिनभित्र नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिए।

फिल्म नेपालको राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजमा केन्द्रित छ। फिल्मका निर्देशक रमेश कोइराला हुन्।

फिल्ममा बेनिशा हमाल, नरेन खड्का र विनोद न्यौपाने युवा पुस्ताको भूमिकामा देखिनेछन्। दिनेश कोइरालाको कथा र निर्माण रहेको फिल्ममा सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ।

प्रकाशित: ४ माघ २०८२ १२:०६ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast