अदालत जाँदै देउवा कांग्रेस

हिमाल प्रेस ४ माघ २०८२ ८:३८ | Sunday, January 18, 2026
18
SHARES
अदालत जाँदै देउवा कांग्रेस

काठमाडौँ– निर्वाचन आयोगबाट आधिकारिकता पाउन नसकेको नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष आज सर्वोच्च अदालत जाने भएको छ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि देउवा पक्षले आज अदालतको ढोका ढकढक्याउन लागेको हो। नेता प्रकाशशरण महतले आयोगले विधि, विधान र नियमविपरीत निर्णय गरेको भन्दै अदालत जान लागेको बताए।

वरिष्ठ अधिवक्ता खम्मबहादुुर खाती, शेरबहादुर केसीलगायतले रिट तयार गरिसकेका छन्। देउवा पक्षले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसमेत गर्ने तयारी गरेको छ।

भ्रातृ संगठनहरुमा आबद्ध केही युवाले आज दिउँसो काठमाडौंको माइतीघर मण्डलामा निर्वाचन आयोगविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका छन्। उनीहरुले गएराति आयोग परिसरमा नाराजुलुस गरेका थिए।

कोइरालाले हिजो संक्षिप्त प्रतिक्रिया दिँदै अब पार्टीलाई मिलाएर लैजाने जिम्मेवारी सभापति गगन थापाको काँधमा आएको बताएका थिए। उता, सभापति थापा नेतृत्वको संसदीय बोर्ड प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार टुंगो लगाउन छलफलमा जुटेको छ।

गएराति सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले महाराजगंजमा पुगेर देउवासँग छलफल गरेका थिए।

प्रकाशित: ४ माघ २०८२ ८:३८ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast