कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश

हिमाल प्रेस ३ माघ २०८२ १७:११ | Saturday, January 17, 2026
कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश

बुटवल– नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता बीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्।

शनिबार दिउँसो काठमाण्डौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनले सदस्यता ग्रहण गरेका हुन्।

कांग्रेसमा किचलो रहेको र एमालेबाट क्षेत्र नम्बर ३ मा टिकटको सुनिश्चित भएपछि उनी एमाले प्रबेश गरेको श्रोतको भनाइ छ।

‘कांग्रेसको किचलोमा फस्नु भन्दा एमाले मै रहन उचित लागकोले एमालेमा प्रवेश गरेको हुँ,’ कनौडियाले भने।

उनले अहिले आफू विभिन्न छलफलमा व्यस्त रहेको बताए। यसअघिको प्रदेशसभामा उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांसद तथा संसदीय दलका नेता थिए।

प्रकाशित: ३ माघ २०८२ १७:११ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast