र्‍यापर कुशल पोखरेलको गीत ‘फोन नगर’ फिल्म ‘रमिताको पिरती’ मा समावेश

हिमाल प्रेस ३ माघ २०८२ १३:५८ | Saturday, January 17, 2026
10
SHARES
र्‍यापर कुशल पोखरेलको गीत ‘फोन नगर’ फिल्म ‘रमिताको पिरती’ मा समावेश

काठमाडौँ- लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले फिल्म ‘रमिताको पिरती’ का लागि ‘फोन नगर’ बोलको गीत तयार गरेका छन्। गीत बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो। कन्सर्टमा कुशलले प्रत्यक्ष रूपमा गीत प्रस्तुत गरेपछि गीतको भिडियो प्रदर्शन गरिएको थियो।

कन्सर्टमा कुशलसँगै आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकीलगायत कलाकारले प्रस्तुति दिएका थिए। कुशलले गीत गाएपछि दर्शकले ‘वान्स मोर’ भन्दै उत्साह व्यक्त गरे। सार्वजनिक गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलकै रहेको छ। स्रोताको रुचि र आधुनिक संगीत शैलीमा तयार पारिएको उनले बताए।

कुशलले ‘फोन नगर’ले युवापुस्ताको ब्रेकअपपछिको कथालाई बोलेको बताए। ‘यो ब्रेकअप स्टोरी भएकाले ब्रेकअपपछि केटीको दृष्टिकोणबाट गीत तयार गरिएको छ।’ कुशलले भने। चर्चिल भुसालको संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ केपासले गरेका हुन्। गीतको भिडियोमा कुशल पोखरेल र आना शर्माको अभिनय छ।

झोलेइज्मको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको भिडियो जेस्टीको कोरियोग्राफीमा बनेको हो। आगामी माघ २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’को निर्देशक सुदिप्ता हुन्। यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन्। फिल्ममा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय रहेको छ।

यस्तै, फिल्मको ‘तिमी भए काफी’ गीतको अंश रहेको ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ।

 

प्रकाशित: ३ माघ २०८२ १३:५८ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast