सुदनले छाडेपछि भोजपुरबाट चुनाव लड्न प्रचण्डले पठाए अजम्बर राई काङमाङ, शेरधनसँग प्रतिस्पर्धा हुने सम्भावना

हिमाल प्रेस ३ माघ २०८२ १३:३७ | Saturday, January 17, 2026
24
SHARES
सुदनले छाडेपछि भोजपुरबाट चुनाव लड्न प्रचण्डले पठाए अजम्बर राई काङमाङ, शेरधनसँग प्रतिस्पर्धा हुने सम्भावना काङमाङलाई भोजपुरको प्रतिनिधिसभातर्फको टिकट दिँदै नेकपा संयोजक प्रचण्ड। तस्बिर : प्रचण्ड सचिवालय

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट अजम्बर राई काङमाङलाई उम्मेदवार बनाउने भएको छ।

यसअघि तत्कालीन माओवादीबाट चुनाव जितेका सुदन किरातीले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) रोजेपछि नेकपाबाट काङमाङ भोजपुरबाट उम्मेदवार बनेका हुन्। भोजपुरबाट चुनाव लड्न नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले  दिएको काङमाङले सामाजिक सन्जालमा खुलाएका छन्।

लामो समय एमालेबाट राजनीति गरेका काङमाङ अशोक राईले पार्टी छाड्दा बाहिरिएका थिए। त्यसपछि अशोकसँग समेत विभाजित भएर उनी तत्कालीन माओवादी नेता बने।

अहिले उनी नेकपामा छन्। अब उनको प्रतिस्पर्धा एमाले सचिव एवं पूर्वमु्ख्यमन्त्री शेरधन राईसँग हुने सम्भावना छ। शेरधनले एमालेबाट टिकट पाउने लगभग निश्चित छ। गएको निर्वाचनमा गठबन्धनको सहयोगमा सुदनले यस क्षेत्रमा जितेका थिए। भोजपुरमा प्रतिनिधिसभामा एक मात्र क्षेत्र छ।

प्रकाशित: ३ माघ २०८२ १३:३७ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast