जस्मिन ओझाले दिइन् माधवअधिकार आयोगमा १ घण्टा बयान

हिमाल प्रेस ३ माघ २०८२ १२:२५
42
SHARES
जस्मिन ओझाले दिइन् माधवअधिकार आयोगमा १ घण्टा बयान जेनजी आन्दोलका घाइतेको अवस्था बुझ्दै गर्दाको तस्बिर र अर्को आयोगकी अध्यक्ष लीली थापासँगको तस्बिर।

काठमाडौँ- जेनजी नेत्रृ एवं जनादेश पार्टीकी सहमहामन्त्री जस्मिन ओझाले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष जेनजी आन्दोलनका विषयमा बयान दिएकी छन्।

आयोगको बोलावटमा ओझाले जेनजी आन्दोलनपूर्वको तयारी, आन्दोलनमा भएका घटनाका विषयमा बयान दिएकी थिइन्। उनले आन्दोलनका सबै घटनामा राज्यपक्ष जिम्मेवार रहेको र सबै जिम्मेवार व्यक्तिमाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताएकी थिइन्। ओझाले आयोग समक्ष यदि कसैबाट त्रुटि वा गल्ती भएको प्रमाणित हुन्छ भने कानुनको दायराभित्र ल्याएर आवश्यक कारबाही हुनुपर्ने बताएकी थिइन्।

ओझा समेतले आयोगमा बयान दिएको स्वीकारेकी छन्। उनले बयानमा भनेकी थिइन्,’आन्दोलनका दिनहरूमा कुन उद्देश्य र सन्दर्भमा गतिविधिहरू अघि बढाइएका थिए भन्ने विषयलाई पनि गहिरो रूपमा अध्ययन गरिनुपर्ने आवश्यकता औँल्याएँ।’आफूले आयोगमा जेनजी आन्दोलन व्यक्तिगत स्वार्थ वा लाभका लागि नभई, सिद्धान्त, न्याय र उत्तरदायित्वका मूल्यहरूमा आधारित भएर अघि बढाइएको कुरा स्पष्ट राखेको बताएकी छन्। ओझा जेनजी आन्दोलनमा सक्रिय भएकी नेत्रृ हुन्। आन्दोलनका क्रममा सडकदेखि घाइतेको उपचारमा समेत उनको सक्रियता थियो।

आयोगले जेनजी घटनामा संलग्न रहेकालाई धमाधम बयान लिइरहेको छ। यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित जेनजी आन्दोलनकर्तालाई समेत बयान लिएको छ।

प्रकाशित: ३ माघ २०८२ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast