पूर्वप्रधानमन्त्री र ‘भाबी प्रधानमन्त्रीका उम्मेदवार’सँग भिड्न झापा ५ मा रन्जित तामाङलाई टिकट

हिमाल प्रेस ३ माघ २०८२ ११:३२ | Saturday, January 17, 2026
26
SHARES
पूर्वप्रधानमन्त्री र ‘भाबी प्रधानमन्त्रीका उम्मेदवार’सँग भिड्न झापा ५ मा रन्जित तामाङलाई टिकट पूर्वप्रधानमन्त्री ओली, नेकपा नेता रन्जित तामाङ र रास्वपा नेता बालेन।

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा रन्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ।नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा ५ बाट चुनाव लड्न रन्जित तामाङलाई टिकट दिएका हुन्।

तामाङ नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्। उनले आफूले झापाबाट चुनाव लड्नका लागि टिकट प्राप्त गरेको भिडिओ फेसबुकमा साझा गरेका छन्।

‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक श्रद्धेय नेता क। प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुएको छ । नेतृत्वगणलाई आभार सहित झापा क्षेत्र नं। ५ बासी आ मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु,’ तामाङले फेसबुकमा लेखेका छन्।

झापा ५ पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो। यसपालि पनि एमालेबाट ओली नै उम्मेदवार हुने पक्का छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट हाल काठमाडौं महानगर प्रमुख रहेका बालेन शाहलाई उम्मेदवार बनाउने चर्चा छ।

रन्जितले सामाजिक सन्जालमा लेखेका छन्,‘झापा,क्षेत्र नम्बर ५ मा पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्री भनिएकाको सम्भावित भिडन्त हुँदैछ,म त्यहीबाट उठ्दैछु।’

प्रकाशित: ३ माघ २०८२ ११:३२ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast