काठमाडौँ- राप्रपा नेता जनकराज पाठकले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मौलिकता भुलेको कारण पद गुमाउनु परेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत देउवाले भुलेको मौलिकता र ल्याएको गणतन्त्रको परिणाम भएको बताएका छन्।
‘अब देउवाबाट आफ्नो स्वार्थ पूरा नहुने देखेपछि उनी फ्याकिनु कुनै आश्चर्य हैन। राजनीतिक रंगमञ्च अझ रमाइलो हुनेवाला छ।’ उनले भने,’आखाँले देखेको जस्तो अवस्था छैन। अझ ठूलो क्षति व्यहोर्नु पर्ने छ।’ उनले झकिझकाउ देउवा आज राजनैतिक सुकुम्बासी बनेको दाबी गरेका छन्।

प्रकाशित: ३ माघ २०८२ ८:३६ | Saturday, January 17, 2026
प्रतिक्रिया





