काठमाडौँ- काठमाडौँको तापक्रम आज पनि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस देखिएको हो।
हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ४.४ थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४ डिग्री सेल्सियस कायम भएको थियो। पुसमा ३ डिग्री सेल्सियसमा झरेको तापक्रम माघ लागेसँगै उकालो लागिरहेको छ।
प्रकाशित: ३ माघ २०८२ ६:३४
प्रतिक्रिया



