कांग्रेस विवाद

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा बोलाए केन्द्रीय समिति बैठक

हिमाल प्रेस २ माघ २०८२ २१:३९ | Friday, January 16, 2026
38
SHARES
पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ- निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए पनि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि (शनिबार) बिहान ८ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले जानकारी दिए।

आज (शुक्रबार) निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि आधिकारिक सभापति गगनकुमार थापा भएका छन्।

आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै विवरण अद्यावधिक गरेको छ। विशेष महाधिवेशन पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको थियो।

सो महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो।

प्रकाशित: २ माघ २०८२ २१:३९ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast