निर्वाचन प्रहरी बन्न मधेशबाट ५३ हजारभन्दा बढीले दिए आवेदन

हिमाल प्रेस २ माघ २०८२ १७:३०
निर्वाचन प्रहरी बन्न मधेशबाट ५३ हजारभन्दा बढीले दिए आवेदन

जनकपुरधाम- मधेश प्रदेशमा निर्वाचन प्रहरी भर्नाका लागि ५३ हजारभन्दा बढी व्यक्तिले निवेदन दिएका छन्। मधेश प्रहरी कार्यालयले उपलब्ध गराएकाे विवरणअनुसार प्रदेशभरि नेपाल र सशस्त्र प्रहरी कुल ५३ हजार ३३८ जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन्।

प्रदेशभरी २८ हजार २९५ जना आवश्यक रहेकाेमा नेपाल प्रहरी तर्फबाट ४८ हजार २५० र सशस्त्र ५ हजार ८८ जनाले निर्वाचन प्रहरीका लागि निवेदन दिएका हुन्।

प्रदेश प्रहरीकाे विवरणअनुसार नेपाल प्रहरीतर्फ जिल्लागत रूपमा सबैभन्दा बढी निवेदन धनुषामा ६ हजार ९१६ दर्ता भएको छ। अन्य जिल्लातर्फ बारा जिल्लाबाट ६ हजार ७७८, पर्सामा ५ हजार ३९९, राैतहटमा ६ हजार २८४, सर्लाहीमा ६ हजार २६५ जनाले निवेदन दिएका छन्। त्यसै गरी महाेतरीमा ५ हजार ३५९, सिरहामा ४ हजार ४५९ र सपतरीमा ६ हजार ३९५ जनाले आवेदन दिएका छन्।

सशस्त्र प्रहरीतर्फ महाेत्तरी जिल्लाबाहेक सबै प्रदेशमा आवेदन परेको छ। विवरणअनुसार पर्साबाट ५२१, बाराबाट १ हजार ६६४, राैतहटबाट ४६९, सर्लाहीबाट ३९६, धनुषाबाट २९९, सिरहाबाट ६२२ र सप्तरीबाट १ हजार ११७ आवेदन परेकाे छ।

प्रदेश प्रहरीका अनुसार निर्वाचनका लागि नेपाल र सशस्त्र प्रहरीतर्फ २८ हजार २९५ जना निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियाे। प्रदेश प्रहरीका अनुसार पर्सामा २ हजार ४६७, बारामा ३ हजार ६३८, राैतहटमा ३ हजार ४६६, सर्लाहीमा ३ हजार ९२६, महाेत्तरीमा ३ हजार ४४७, धनुषामा ४ हजार १४२, सिरहामा ३ हजार ३७२ र सप्तरीमा ३ हजार ८३७ निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियाे।

प्रदेश प्रहरीका अनुसार निवेदन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ र अब शारीरिक परीक्षण, स्वास्थ्य परीक्षण तथा अन्य मापदण्डका आधारमा अन्तिम छनोट प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित: २ माघ २०८२ १७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast