कांग्रेसको दुवै पक्ष निर्वाचन आयोगमा

हिमाल प्रेस २ माघ २०८२ १७:०७ | Friday, January 16, 2026
40
SHARES
कांग्रेसको दुवै पक्ष निर्वाचन आयोगमा

काठमाडौँ- नेपाली कांग्रेसको दुवै पक्षले निर्वाचन आयोगमा धर्ना दिएको छ। आफू आधिकारिक रहेको भन्दै कांग्रेसको शेरबहादुर देउवा र गगन पक्षले आयोगमा धर्ना दिएको हो।

आयोगका पदाधिकारीहरूसँग छलफल गर्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापासहितका नेताहरू आयोग पुगेकै बेला देउवानिकट कांग्रेस नेता तथा कार्यकर्ताहरू पनि त्यहाँ पुगेका थिए।

सुरक्षाकर्मीले उनीहरूलाई गेटबाहिरै रोकेका थिए। त्यसपछि उनीहरू आयोगको गेटअगाडि नाराबाजी गरेर धर्नामा बसेका हुन्। ‘नेपाली कांग्रेस जिन्दाबाद, विशेष महाधिवेशन मान्दैनौँ’ जस्ता नारा लगाउँदै उनीहरू गेटमा धर्नामा बसेका हुन्।

त्यस्तै थापा समूहका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोग परिसरमा धर्ना दिएका छन्। विशेष महाधिवेशनबाट निर्वाचन थापा नेतृत्वलाई आधिकारिकता दिनुपर्ने माग गर्दै उनीहरू निर्वाचन आयोगमा धर्ना दिएका छन्।

शुक्रबार बिहान देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू निर्वाचन आयोग पुगेर आफूहरू आधिकारिक रहेको तर्क गरेका थिए। सयभन्दा बढी केन्द्रीय सदस्यसहित पुगेका उनीहरूले विधि पद्धतिअनुसार निर्णय गर्न आयोगका पदाधिकारीहरूलाई आग्रह गरेका थिए।

देउवा समूहका नेता कार्यकर्ताहरू बाहिरिएपछि थापा समूहका नेता कार्यकर्ता दिउँसो आयोग पुगेर पदाधिकारीहरूसँग छलफल गरेका थिए।

प्रकाशित: २ माघ २०८२ १७:०७ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast