प्रतिनिधिसभा निर्वाचनमा प्रलोपाबाट गोरखा-२ मा बाबुराम श्रेष्ठ निश्चित

हिमाल प्रेस २ माघ २०८२ ७:५५ | Friday, January 16, 2026
146
SHARES
प्रतिनिधिसभा निर्वाचनमा प्रलोपाबाट गोरखा-२ मा बाबुराम श्रेष्ठ निश्चित

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखा क्षेत्र नम्बर २ बाट नेपाली सेनाका पूर्वउपरथी (मेजर जनरल) बाबुराम श्रेष्ठलाई उम्मेदवार निश्चित गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र २ बाट श्रेष्ठ नै पार्टीका आधिकारिक उम्मेदवार रहने प्रलोपाले जनाएको छ।

३७ वर्ष लामो सैनिक सेवापछि ०८१ कात्तिक १ गते अवकाश पाएका श्रेष्ठ गत पुस २७ गते प्रलोपा प्रवेश गरेका थिए।

उक्त क्षेत्रबाट यसअघि लगातार तीनपटक निर्वाचित भएका डा.बाबुराम भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेपछि प्रलोपाले श्रेष्ठलाई उम्मेदवार बनाएको हो।

उम्मेदवारी घोषणासँगै श्रेष्ठले देशको वर्तमान राजनीतिक अवस्थाले आफूलाई सक्रिय राजनीतिमा आउन बाध्य बनाएको बताए। उनले शिक्षा, पूर्वाधार, विपद् व्यवस्थापन, सुरक्षा र विकासका क्षेत्रमा आफ्नो अनुभव सदनमार्फत प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast