कांग्रेसको आधिकारिक वेबसाइटबाट हट्यो गगन–विश्वको नाम र तस्बिर

हिमाल प्रेस १ माघ २०८२ १२:३५ | Thursday, January 15, 2026
18
SHARES
कांग्रेसको आधिकारिक वेबसाइटबाट हट्यो गगन–विश्वको नाम र तस्बिर फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाएका तीन पदाधिकारीको नाम वेबसाइटबाट हटाएको छ ।

कांग्रेस वेबसाइटबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम हटाइएको हो ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी उनीहरूले थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेका छन् । थापा नेतृत्वको समितिमा शर्मा उपसभापति र मन्सुर सहमहामन्त्री नै चुनिएका छन्।

प्रकाशित: १ माघ २०८२ १२:३५ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast