कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

हिमाल प्रेस १ माघ २०८२ ११:१९ | Thursday, January 15, 2026
22
SHARES
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ- विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।

सहमहामन्त्री डा.डिला संग्रौलाले केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हिमालप्रेसलाई जानकारी दिइन्। उनले भनिन्,‘केन्द्रीय कार्यसमिति बैठक बोलाएका छौं।’

बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्नेछ। गएराति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चुनेको थियो।

उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चुनिएको छ भने महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल चुनिएका छन्। सहमहामन्त्रीहरूमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेशी), प्रकाश रसाइली (दलित), डा.डिला संग्रौला पन्त (महिला), बहादुरसिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) चयन भएका छन्।

केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, महिला खुलामा ९ जना तथा विभिन्न क्लस्टरमा १२१ जना केन्द्रीय सदस्य चयन भएका छन्।

प्रकाशित: १ माघ २०८२ ११:१९ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast