सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह लामा के भन्छन्?

हिमाल प्रेस १ माघ २०८२ ११:०५ | Thursday, January 15, 2026
62
SHARES
सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह लामा के भन्छन्?

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह लामाले पार्टी नेतृत्वसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई तथा आभार व्यक्त गर्दै कांग्रेसको भावनालाई आत्मसात गर्ने प्रतिबद्धता जनाएका छन्।

लामाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत सबै पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै महाधिवेशन प्रतिनिधिहरूको परिवर्तनकारी चाहना र पार्टीका लाखौँ सदस्य तथा शुभचिन्तकहरूको भावनालाई आत्मसात गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले आफूलाई सहमहामन्त्रीजस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित गराउने अग्रज नेता तथा सहकर्मीहरूप्रति हृदयदेखि आभार प्रकट गर्दै नीति र नेतृत्वको नयाँ संयोजनले पार्टी र मुलुकलाई सही दिशानिर्देश गर्ने विश्वास व्यक्त गरेका छन्।

लामाले पार्टीलाई अझ सुदृढ, समावेशी र जनमुखी बनाउने दिशामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १ माघ २०८२ ११:०५ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast