देउवासँग लडेर चर्चित बनेका ढकालबारे बालेनले भने : डडेलधुरामा अब पनि सागर ढकाल हो

हिमाल प्रेस १ माघ २०८२ ७:२० | Thursday, January 15, 2026
14
SHARES
देउवासँग लडेर चर्चित बनेका ढकालबारे बालेनले भने : डडेलधुरामा अब पनि सागर ढकाल हो सागर ढकाल

काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले डडेलधुरामा सागर ढकाललाई पार्टीको उम्मेदवार बनाउने घोषणा गरेका छन्। डडेलधुराका पार्टी प्रतिनिधिहरूसँग राखेर उनले ढकाललाई उम्मेदवारका रूपमा अघि सारेका हुन् ।

रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन । पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्नै बाँकी छ। पार्टीभन्दा पहिले वरिष्ठ नेताले उम्मेदवार तोकेपछि ढकाल खुसीले गदगद बने। यसअघि बालेनकै कोटाबाट उनी रास्वपा केन्द्रीय सदस्य बनिसकेका छन्।

अघिल्लो पटक पनि लडेको हुँदा बालेनले सागर ढकाललाई डडेलधुरामा टुरिस्ट उम्मेदवार भन्न नमिल्ने तर्क गरे । यस पटक सरकार बनाउने सम्भावना बोकेको पार्टीको उम्मेदवार बनेको हुँदा स्वतः जित्ने बालेनको अपेक्षा छ ।

उनले ढकाललाई देखाउँदै भने, ‘उहाँले डडेलधुराबाट टिकट पाउने हो कि होइन भन्नेमा कन्फ्युजन होइन, रास्वपाले डडेल्धुराको उम्मेदवार सागर ढकाल पाउने हो कि होइन भन्ने चाहिँ कन्फ्यूजन हो । उहाँ फिक्स्ड हो पार्टीको तर्फबाट, उहाँ आफैँले नाइँ नभनेसम्म । उहाँले भोलि डडेलधुराबाट उठ्दिन, अन्तै जान्छु भन्नु भएन भने उहाँ नै हो डडेलधुराको उम्मेदवार ।’

प्रकाशित: १ माघ २०८२ ७:२० | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast