काठमाडौँ- काठमाडौँको न्युनतम् तापक्रम आज (बिहीबार) बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानै अर्थात ५:४५ बजे न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको हो।
हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस थियो। केही चिसो घटेको महसुस भएको छ। मौसम विभागले भने तातो सुरु भएको भन्दा पनि तापक्रम घटबढ भइरहने सन्दर्भ हो भनेको छ।
प्रकाशित: १ माघ २०८२ ६:४५
प्रतिक्रिया



