कति छ डलरको भाउ?

हिमाल प्रेस १ माघ २०८२ ६:३४
10
SHARES
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। अस्ट्रेलियन डलर र युरोको मूल्य हिजो पनि घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा थियो। त्यसैगरि आज युरो १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा छ। हिजो युरो १ को खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ८८ र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४७० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ८९ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ छ। हिजो बहराइन दिनार १ को खरिददर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ६० पैसा थियो।

प्रकाशित: १ माघ २०८२ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast