आजको मौसम : कोशीको उच्च भूभागमा बादल र तराईमा हुस्सु देखिने

हिमाल प्रेस १ माघ २०८२ ६:२५ | Thursday, January 15, 2026
6
SHARES
आजको मौसम : कोशीको उच्च भूभागमा बादल र तराईमा हुस्सु देखिने

काठमाडौँ- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

देशका तराई भूभागमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।

 

प्रकाशित: १ माघ २०८२ ६:२५ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast