कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित]

विश्वप्रकाश र पुष्पा उपसभापति, महामन्त्री बने प्रदीप र गुरुराज

हिमाल प्रेस १ माघ २०८२ ०:०४ | Thursday, January 15, 2026
36
SHARES
कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित]

काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएका छन्। विशेष महाधिवेशनबाट बुधबार राति थापा निर्विरोध सभापतिमा चयन भएका हुन्। यसैगरी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्। खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्। थारूतर्फको सहमहामन्त्रीमा योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

प्रकाशित: १ माघ २०८२ ०:०४ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast