थारु माघी महोत्सव : घोँगी र भक्का खानेहरूको भीड

हिमाल प्रेस ३० पुष २०८२ १८:४७ | Wednesday, January 14, 2026
32
SHARES
थारु माघी महोत्सव : घोँगी र भक्का खानेहरूको भीड

काठमाडौँ- ‘भक्का छ? अनि घोँगी नि?’ यतिबेला टुँडिखेलको मैदानमा यी दुई परिकार खोजीखोजी खानेहरूको भीड छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएको छ।

आज र भोलि मनाउने औपचारिक माघी महोत्सवलाई स्वागत गर्दै टुँडिखेलमा थारु समुदायका स्वादिला परिकार चखाउन चहलपहल सुरु भएको छ। केही स्टलमा परिकार पकाउने तर्खर गर्दै थिए भने केही स्टलमा भक्का, घोँगी, फ्राइ माछालगायत खानेकुरा पाकिसेका थिए। यद्यपि महोत्सव घुम्न आएकाहरूले भने घोँगी र भक्काको विशेष खोज्दै गर्दै थिए। मोरङकी सरिता खवासको समूहले दिउँसैदेखि माटोको भाँडोमा कपडाले बेरेर चामलको पिठोको तातोतातो भक्का पकाएर बेचिरहेका थिए।

‘दिनभरमा भक्का मात्रै धेरै बिक्यो,’ उनले भनिन्, ‘घोँगी त खोज्ने नै भए।’ रत्नपार्क कामले आएका विष्णु भुजेलले टुँडिलेखमा थारु माघी महोत्सव देखेर उत्साहित भए। उनी उत्साहित हुनुको प्रमुख कारण थारु समुदायले बनाउने विभिन्न मौलिक स्वागदका परिकार थिए। स्टल घुमेपछि उनले घोँगी र भक्का नै चाखे।

‘घोँगी अहिले महँगीएछ,’ उनले खाइसकेपछि स्टलका व्यापारीलाई ध्यानर्कषण पनि गराए। उनको कुरा सुनेर मिठो मुस्कानसहित परिकार चखाएकी कैलालीका केशरी चौधरीले घोँगी महँगो हुनुको नालीबेलीसमेत सुनाइन्।

उनका अनुसार ९ रूपैयाँमा किनेर ५० रूपैया केजीमा बिक्री गरेको विगतको अनुभव अब अनुभवमा मात्रै सीमित रह्यो। शीतलहर अत्याधिक बढेकाले घोँगी खोज्न निकै कठिन भएपछि उनले बजारमा महँगो दरमा किनेर महोत्सवमा बेच्नु परेको बाध्यता बताइन्।

अहिले स्टलमा दुई सय केजीमा किनेर चार सयमा बिक्री गर्नु परेको उनले सुनाइन्। ‘शीतलहरले घोँगी खोज्न सकिएन, महँगो किनेर बेच्नु परेकोछ,’ उनले भनिन।

थारु महोत्सवमा थारु समुदायका परिकारले आर्किषत गरेको छ। थारु समुदायले माघी आउनु अगाडिदेखि नै दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै महिना दिनअघिदेखि पर्वको तयारी गर्छन्।

प्रकाशित: ३० पुष २०८२ १८:४७ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast