कारबाहीमा परेपछि विश्वप्रकाशले भने- कांग्रेस सही नेतृत्व दिन दृढ छ

हिमाल प्रेस ३० पुष २०८२ १६:१२
58
SHARES
कारबाहीमा परेपछि विश्वप्रकाशले भने- कांग्रेस सही नेतृत्व दिन दृढ छ विश्वप्रकाश शर्मा।

काठमाडौँ- कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले अघि सारेका आठबुँदे प्रस्ताव पार्टी र देशको हितमा रहेको बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकले साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेपछि शर्माले यस्तो बताएका हुन्।

सहमतिका लागि अघि सारेका आठबुँदे प्रस्ताव उल्लेख गर्दै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,‘मुस्कुराउँदै फेरि पढे यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौँ। विधानअनुरुपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।’

थापा र शर्माले अघि सारेका आठमध्ये तीन बुँदामा कुरा नमिलेपछि सहमति जुटेको थिएन।

थापा र शर्माले चुनावअघि नै गगन थापालाई प्रधामन्त्री घोषणा, सभापति शेरबहादुर देउवाले राजनीतिबाट संन्यास लिुपर्ने र उच्चस्तरीय संयन्त्र बनाउने प्रस्तावबाट पछि नहटेपछि दुवै पक्षबीच सहमति जुटेको थिएन।

गगन-विश्व कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

प्रकाशित: ३० पुष २०८२ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast