काठमाडौँ- भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
संशोधित तालिका अनुसार आज (बुधबार) राति ८ बजेदेखि मतदान सुरु हुनेछ। मतदानको समय राति ११ बजेसम्म तोकिएको छ।
त्यसअघि उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारीमाथि दाबी विरोध, छानबिन, छानबिनपछि पुन: नामावली प्रकाशन, उम्मेदवारको मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

प्रकाशित: ३० पुष २०८२ १५:१७
प्रतिक्रिया



