पूर्णबहादुर खड्काले भने- अब पार्टी फुटमा जाने करिब निश्चित छ

हिमाल प्रेस ३० पुष २०८२ १५:१२
56
SHARES
पूर्णबहादुर खड्काले भने- अब पार्टी फुटमा जाने करिब निश्चित छ

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अघि सारेको आठबुँदे प्रस्तावमा सभापति शेरबहादुर देउवा असहमत देखिएपछि फुटमा जाने करिब निश्चित भएको छ।  केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

कार्यवाहक सभापति खड्काले बैठकमा भने, ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ। महामन्त्रीहरूले चुनावअघि नै गगन थापालाई प्रधानमन्त्री  घोषणा, सभापति शेरबहादुर देउवाजी राजनीतिबाट संन्यास लिनुपर्ने र उच्चस्तरीय संयन्त्र बनाउने प्रस्ताव छोडेनन्। अरू सबै माग पूरा हुने कुरा भइसकेको थियो।’

अन्य बुँदामा सहमति जनाए पनि सभापति देउवाले तीनवटा प्रस्तावमा सहमत नदेखिएको उनी निकट एक नेताले बताए।

महामन्त्रीद्वयले अघि सारेका आठ बुँदा 

१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२) विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने
३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६) कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७) नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने जसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast