नेकपा र उज्यालो पार्टीको एकता हल्ला भ्रामक : कुलमान घिसिङ

हिमाल प्रेस ३० पुष २०८२ १४:१४
10
SHARES
नेकपा र उज्यालो पार्टीको एकता हल्ला भ्रामक : कुलमान घिसिङ

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुन लागेको भन्ने हल्ला भ्रामक र असत्य भएको बताएका छन्।

पूर्वमन्त्रीसमेत रहेका घिसिङले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने प्रचारको खण्डन गरेका हुन्।

‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो’, उनले लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु। यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित: ३० पुष २०८२ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast