देउवानिकट मानिएका बहादुर सिंह लामाको सहमहामन्त्रीमा उम्मेदवारी

हिमाल प्रेस ३० पुष २०८२ १२:१४
60
SHARES
देउवानिकट मानिएका बहादुर सिंह लामाको सहमहामन्त्रीमा उम्मेदवारी बहादुरसिंह लामा

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सकिएको छ। सभापति पदका लागि गगन थापाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार केही समयपछि उम्मेदवारहरूको नाम सार्वजनिक गरिने छ। अन्य पदमा ककसको उम्मेदवारी पर्‍यो खुलाइएको छैन।

समितिका अनुसार सहमहामन्त्रीमा बहादुर सिंह लामाको उम्मेदवारी परेको छ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामा यसअघि कांग्रेस संस्थापन खेमाका मानिन्थे। उनले शेरबहादुर देउवा निकट भएकै कारण मुख्यमन्त्री पनि पाए। तर बागमतीका अर्का नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बन्ने भएपछि उनीहरूबीच विवाद भएको थियो।

दुवै संस्थापन खेमाका भए पनि देउवाले बहादुरलाई राजीनामा गराएर बानियाँलाई मुख्यमन्त्री बनाएका थिए। तिनै बहादुर अहिले विशेष महाधिवेशनमा सहमहामन्त्री उठेका छन्। यो महाधिवेशनमा कांग्रेस संस्थापन पक्षधर नेताहरूको भने सहभागिता छैन। विशेष महाधिवेशनको साटो वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने अडानमा थिए।

आज बिहान पनि संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच छलफल चले पनि बैठक निष्कर्षमा पुगेन।

प्रकाशित: ३० पुष २०८२ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast