देउवा सकारात्मक नदेखिएपछि टिम निर्माणमा जुटे गगन–विश्व

हिमाल प्रेस ३० पुष २०८२ १०:४० | Wednesday, January 14, 2026
48
SHARES
देउवा सकारात्मक नदेखिएपछि टिम निर्माणमा जुटे गगन–विश्व फाइल तस्बिर

काठमाडौँ- सभापति शेरबहादुर देउवासँगको भेट सौहार्दपूर्ण नभएपछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमा टिम निर्माणमा जुटेका छन्।

गगन–विश्व यसअघि देउवानिवास महाराजगन्जमा छलफलमा पुगेका थिए। तर देउवाले सकारात्मक दिएनन्। वार्तामा सहभागी एक नेताका अनुसार दुई महामन्त्रीले कांग्रेस विभाजन रोक्न सभापतिले राजीनामा दिनुपर्ने माग राखेका थिए। देउवाले तत्काल राजीनामा नदिने बताएका थिए।

‘सभापतिज्यू तपाईं सिंगापुर जानुपूर्वको अवस्थामा फर्किनुहोस् भन्ने प्रस्ताव महामन्त्रीज्यूहरूको थियो। तर सभापतिबाट जबाफ आएन,’ ती सहभागीले भने,‘महामन्त्रीज्यूले उम्मेदवारको टिकटमा हस्ताक्षर गर्न अरू कसैलाई दिनुपर्ने प्रस्ताव राख्नुभयो। त्यसमा भने सभापतिज्यू केही लचक देखिनुभयो।’ ती सहभागीका अनुसार देउवाले ‘झुल्याउन’मात्र खोजेजस्तो आशंका बुझिएको थियो। अहिले काठमाडौँको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ। संस्थापन समूहको असहयोगका बीच महामन्त्रीद्वयको अगुवाइमा विशेष महाधिवेशन तोकिएको हो। अब गगन–विश्व पनि विशेष महाधिवेशनमै लाग्ने भएका छन्। ‘अब टिम निर्माणमा लाग्नुपर्‍यो नि। आफ्नै नेता पनि व्यवस्थापन पनि गर्नुपर्‍यो।’

महाधिवेशन स्थलमा खटेका एक नेताले भने। विशेष महाधिवेशन नेतृत्व निर्माणमा लागेको छ। अहिले उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। ती नेताका अनुसार सभापति पदका लागि महामन्त्री थापाले फारम लगिसकेका छन्। यसबाहेक ककसलाई कुन पदमा व्यवस्थापन गर्ने भन्नेमा लागेका छन्।

प्रकाशित: ३० पुष २०८२ १०:४० | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast