कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा केसीको उम्मेदवारी, सहमहामन्त्रीमा १० जनाको मनोनयन

हिमाल प्रेस ३० पुष २०८२ ७:२४ | Wednesday, January 14, 2026
100
SHARES
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा केसीको उम्मेदवारी, सहमहामन्त्रीमा १० जनाको मनोनयन

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्री पदमा नुवाकोटका जगदीश्वर नरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित निर्वाचन समितिमा पुगेर उनले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै हालसम्म सहमहामन्त्रीमा १० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।

आजलाई मनोनयन दर्ता बन्द गरिएको र बुधबार बिहान ८ बजेदेखि पुनः सुरु हुने उनको भनाइ छ। उनका अनुसार तीन जनाले सभापतिको फाराम लिएर गएपनि हालसम्म कसैको दर्ता भने भएको छैन।

प्रकाशित: ३० पुष २०८२ ७:२४ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast