कांग्रेस विशेष महाधिवेशन : भोलिसम्मका लागि सारियो निर्वाचन प्रक्रिया

हिमाल प्रेस २९ पुष २०८२ २०:१२ | Tuesday, January 13, 2026
22
SHARES
कांग्रेस विशेष महाधिवेशन : भोलिसम्मका लागि सारियो निर्वाचन प्रक्रिया फाइल तस्बिर।

काठमाडौँ- कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचनको प्रक्रिया भोलि (बुधबार) सम्मका लागि सारेका छन्। संस्थापन पक्षसँग सहमतिका लागि वार्ता भइरहेकाले बुधबारसम्मका लागि निर्वाचन प्रक्रिया सारिएको विशेष महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिए।

‘सहमति भए सहमतिअनुसार नभए भोलिबाट निर्वाचन प्रक्रियामा अगाडि बढ्छौँ,’ उनले भने, ‘६–७ वटा विषयमा कुरा भएको र धेरै विषयमा सहमति भए पनि नेतृत्व परिवर्तनको विषय मिलेको छैन।’

उनले संस्थापन पक्षले अपनत्व लिन खोजे पनि नेतृत्व परिवर्तनको विषय नस्वीकारेको उनले बताए।

यता कांग्रेस संस्थापन पक्षको बैठक पनि भोलि (बुधबार) बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि गरिएको प्रयास सकारात्मक दिशामा अघि बढेको भन्दै आज (मंगलबार) बोलाइएको बैठक स्थगित गरिएको हो।

प्रकाशित: २९ पुष २०८२ २०:१२ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast